मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Sunday, September 16, 2012

बदलिएको तीज

विभिन्न क्याफे, पार्टी प्यालेस होटल आदिहरुमा दैनिक जसो  तीजे कार्यक्रमहरुमा हुने जमघटमा रातो सारीमा सजिएर जाने आउने नारीहरुले अचेल काठमाण्डौंको बातवरण रंगिनमय भएको छ । तीज आउने एक महिना देखि सहरमा दर भित्रिएको छ । पहिला पहिला जन्मघर छोडेर पराईघर पुगेका चेलीहरुको सुख–दुःख र वेदना सुन्न तीज पर्खनु पर्दथ्यो । नन्द–अमजू, देवर-देवरानी, जेठाजू-जेठानी, सासु-ससुरा र  श्रीमानबाट पाएका  बुहार्तन ,बेदना र अपमानका कथाहरु तीजका गीत मार्फत छताछुल्ल पार्थे । बह फुकाएर मन हलुका पार्थे । अचेल  तीजकै लागि भएपनि ऋण–सापटी खोजेर पनि खर्चिलो र भड्किलो  तरिकाले मनाउने क्रम बढ्दो छ । तीजको सामाजिक सद्भाव र सांस्कृतिक महत्वलाई भुलेर उत्ताउला गीत , नाचगान  खर्चिलो भोज आयोजना परम्परामा रुपान्तरित हुने क्रममा छ ।

धार्मिक महत्व

हिन्दु धर्म ग्रन्थ अनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको विवाह भगवान् विष्णुसंग गर्न खोज्दा पार्वतीले घरबाट भागी जंगलमा गई पानी समेत नखाई कठोर तपश्वा गरेपछि राजा हिमालयले भाद्र शुक्ल द्वितीयाको दिन पार्वतीको विवाह भगवान् शिवसंग गराईदिएको उल्लेख गरिएको छ । त्यसकै संझनामा सदियौ देखि तीज पर्व मनाइदै आईरहेको छ । तीजमा विवाहिता नारीहरुले आफ्नो  श्रीमानको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै वत्र बस्दछन् भने अविवाहितहरु सुयोग्य वर पाउने आशमा वत्र बस्दछन् । तीज भाद्र शुक्ल द्वितीयाको दिन  देखि पञ्चमी सम्म चार दिन मनाइन्छ । द्वितीयाको मध्यरात दर खाइन्छ । तृतीयाको दिन विवाहित तथा अविवाहित महिलाहरु पानी समेत नखाई वत्र वस्दछन् । चतुर्थीको दिन भगवान् गणेशको पूजापाठ गरिन्छ भने पञ्चमीको दिन नारीहरुले दतिउनले नुवाई सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वश्ष्ठि) को पूजा गरिन्छ ।

२०६९ सालको तीजको अवसरमा सम्पूर्ण दिदी बहिनीहरुमा  हार्दिक शुभकामना  !!!



Monday, July 16, 2012

साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन

आज साउन १ गते अर्थात साउने संक्रान्ति । नेपालीहरु साउने संक्रान्तिलाई कर्कट संक्रान्तिको रुपमा पनि मनाउने गर्दछन् । आज नेपालीहरुले बेलुका घरघरमा लुतो फालेर मनाउदछन् । आजको दिन लुतो फाल्नाले   बर्षभरी  शरीरमा दाद, घाउ खटिरा र लुतो जस्ता रोगहरु नलाग्ने जनविश्वास रही आएको छ । लुतो फाल्दा साँझमा कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गरिन्छ । कुरिलो,तितेपाती कुकुर दाइनो, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि वनस्पतिहरू जलाएर, अगुल्टोलाई “लुतो लैजा” भनी घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ र नाङ्लो ठटाई शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको मूलढोका बन्द गर्ने गरिन्छ । गाँउघरमा  लुतो फाल्ने प्रचलन रही आएपनि राजधानी लगायत सहरी क्षेत्रमा यो संस्कृति विस्तारै लोप हुदै गएको छ ।

Sunday, July 15, 2012

साउन....

आज २०६९ असारको अन्तिम दिन , भोलि साउने संक्रान्ती, साउन महिनाको पहिलो दिन । एक हप्ता पहिले देखि नै हरियो चुरा र हातभरि मेहन्दी लगाएका महिलाहरु देखिन थालेका छन् । यस पटक साउन महिनामा ५ वटा सोमवार परेका छन् । भोलि पहिलो सोमवार । सडकका चोकदेखि व्युटिपार्लरहरुमा हरियो चुरा र मेहन्दी लगाउनेहरुको भिड बढेको छ । अचेल विवाहित तथा अविवाहित सवै नारीहरुले हरियो चुरा तथा मेहन्दी लगाउने गर्दछन् । अविवाहित युवतीहरु राम्रो श्रीमान् पाँउ भनेर र विवाहितहरु आफ्नो श्रीमान् तथा परिवारका सदस्यहरुको दीर्घायू र मनोकांक्षा पुराहोस् भनी हरियो चुरा, हरियो सारी, हरियो  कुर्ता  सलवर र मेहन्दी लगाउँदछन् । साउनको प्रत्येक सोमवार ब्रत बस्ने  र चोखो खाने गर्दछन् । 
              
           प्राकृतिक, साँस्कृतिक, तथा धार्मिक हरेक दृष्टिकोणले साउन महिनाको महत्व रहेको पाइन्छ । नेपाल कृषिप्रधान देश, नेपालको धेरै स्थानमा यसै महिना धान तथा कोदो रोप्ने गरिन्छ । साउनको महिना भगवान् शिवको पनि प्रिय महिना मानिन्छ । साउन महिना बर्षाऋतुको पहिलो महिना पनि हो । नेपालको नयाँ आर्थिक वर्षपनि साउन महिनाबाटै प्रारम्भ हुन्छ ।

Saturday, June 30, 2012

अभावको जिन्दगी, अतिक्रमणको पिडा–सुस्ताबासीको जीवनशैली

         २०६८ सालको अत्यतिर  २ महत्वपूर्ण स्थानमा भम्रण गर्ने मौका मिल्यौ । सुस्ता–नेपालको गुमेको भूमि ( किनकी २ तिहाई भूमि अतिक्रमण भइसकेको छ ) वारेमा पहिले देखिनै सुन्दै आएता पनि आफैले प्रत्यक्षरुपमा हेर्न तथा अुनभूति गर्न पाइयो । सुस्ता पुग्दा स्वाभिमानी नेपालीको शिर निहुरिन्छ, अभावको जिन्दगी र अतिक्रमणको पिडा सुन्दा आँशु रसाउँछ । नेपाली हुन् , भारतिय ज्यादती सहनु पर्दछ, जमीन आफ्नो  हो तर खेती गर्छन् भारतीयहरु । टाउको दुख्दा खाने  सिटामोल समेत पाइदैन । उपचार र दैनिक किनमेलको लागि नजिकको भारतीय वजार जानु पर्ने बाध्यता छ । सीमा बिवाद चर्केको बेला भारतीय SSB का जवानहरु  भारतीय बजारमा प्रवेश गर्न दिदैनन् । उपचार नपाएर धेरैले अकालमा ज्यान गुमाउदै आएका छन् । नारायणीमा पुल नहुदा नदी तर्ने एक मात्र विकल्प ढुङ्गाको यात्रा, जुन एकदमै जोखिम छ । वर्षातको समयमा त ज्यानै बाजी थापेर ढुङ्गा चढ्नु पर्ने बाध्यता छ । भनेको बेलमा ढुङ्गा पनि पाइदैन । नेपालको प्रशासनिक निकाय र राज्यको बलियो उपस्थिति छैन । सरकारी कामको लागि त्रिवेणी पुग्नु पर्ने बाध्यता छ । अतिक्रमणबाट बचेका केहि जमीनमा उत्पादित उखु, गोलभेडा, काउली, बन्दा, तोरी, केरा आदि जस्ता उत्पादनले बजार पाउन सकेका छैनन् । सुस्तामा स्वास्थ्य चौकी स्थापना र नारायणी नदीमा झोलुंगे पुलको निर्माणका लागि पटक पटक आग्रह गर्दै आईरहेका छन्  सुस्ताबासीहरु । स्वास्थ्य मन्त्रीको सुस्ता भ्रमण भएको बेला स्वास्थ्य चौकी स्थापना गर्ने आश्वासन त दिएका थिए रे तर त्यो आश्वासन कहिले पुरा हुने ? सुस्ताबासीहरु गुनासो गर्छन "तपाईहरु पनि हाम्रो पीडालाई अवलोकन गर्ने मात्रै त होला नि, हामी त राष्ट्रियताको नाममा प्रदर्शनकर्ता मात्र भएका छौं ।" सुस्ताको रोदन उनीहरुले तत्कालिन राजा विरेन्द्र, ज्ञानेन्द्र देखि प्रचण्डसम्मलाई सुनाए तर आश्वासन मात्र पाए ।

Friday, June 29, 2012

धादिङ : मेरो जन्मस्थान

धादिङ परिचय

उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारतसम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ प्रसिध्द गणेश हिमालको काखमा अवस्थित छ । धादिङ जिल्ला अनेकौ नदी नाला / प्राकृतिक मनोरम दृष्यहरुले भरिएको छ । गँगा जमूना झरना, झर्लाङको तातोपानी मूल गुप्तेश्वर, चमेर गुफा जस्ता गुफाहरु, विन्दुकेशर,सिध्दलेक धार्मिक स्थलहरु, ज्वालामूखी , सोलीघोप्टे (धुषा) हिमाली दृष्यहरु देखिने पर्यटकीय महत्वका स्थलहरु, सल्यानटार, बिशालटार फाँटहरु नै जिल्लाको विशेषता हो । इतिहास केलाउदै जाँदा राष्ट निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरुसँग  प्रसँग जोडिएको पाइन्छ भने , प्रसिध्द राष्टवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरु भग्नावशेषको रुपमा भए पनि बुङकोटघाटमा अध्यावधि रहेको छ ।
            राजधानी काठमाण्डौसंग सिमा जोडिएको यस जिल्लाको सदरमुकाम काठमाण्डौ देखि करिब ८८ कि.मी. पश्चिममा रहेको छ । कालुपाण्डे राजमार्गको धादिङबेशी मलेखु खण्ड (१७.५ कि.मी.) र पृथ्वी राजमार्गको (मलेखु नौविसे) खण्ड हुदै त्रिभुवन राजपथको नौविसे काठमाण्डौ खण्डले जिल्ला सदरमुकाम र राजधानीलाई जोडेको छ । धादिङबेशीबाट काठमाण्डौ जान र आउन प्रत्येक आधा घण्टामा सार्वजनिक यातायातको सुविधा रहेको छ ।

जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु:    
           
   

धादिङ जिल्ला भित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला, हिमशिखरहरु, ताल, झरनाहरु, गुफाहरु, जैविक विविधता, वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलहरुको रुपमा रहेको छ । यस जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु यस प्रकार रहेका छन् :

क) चमेरे गुफा:

यो गुफा खाल्टे गा. वि. स. को वडा नं. ५ र ७ को बीचमा रहेको नागढुङ्गा डाँडाको पूर्व मोहडा फर्केको पाटोमा रहेको छ। सल्लाघारीको बीचमा अवस्थित यस गुफालाई प्रकृतिको अद्दितीय वरदानको रुपमा लिनु पर्दछ किनकि यस गुफाभित्र ४ तलासम्म पुगी भित्रका आकृतिहरु अड्कल गर्दा आदिम युगमा वर्णन गरिएजस्तै सबै ईश्वरहरु यही नै छन् कि जस्तो भान पर्दछ । हाल यस गुफासम्म पुग्न एउटा गोरेटो बाटो, गुफाको गेटमा खाने पानी धारो र एउटा शिवमन्दिर निर्माण गरएको छ ।

ख) सिद्धलेक :

नलाङ गा. वि. स. वडा नं. १ र सलाङ गा. वि. स. वडा नं. ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ। सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ। त्यसकै साथमा रहेको १५२५ मि.अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गा. वि. स. हरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।

ग)   ज्वालामुखी :



चैनपुर गा. वि. स. वडा नं. ८ र मुरलीभञ्ज्याङ गा.  वि. स. वडा नं. ९ को बीचमा झण्डै १४०० मी. उचाइमा  अवस्थित ज्वालामुखी महत्त्वपुर्ण ऐतिहासिक स्थलको रुपमा  रहेको छ । सो स्थलबाट आरुनो काखैमा रहेको समतल भूमी  एवं नेपालका ठूलो टारहरुमध्ये पर्ने सल्यानटारको पुर्व एवं  पश्चिममा बग्ने आँखु एवं बूढी गण्डकी नदी देख्न सकिन्छ  भने उत्तर्रतर्फ थुप्रै हिमाली श्रृंखलाहरुको दृश्य देख्न सकिन्छ ।  यसै गरी यस स्थलबाट धादिङ जिल्लाका ५० वटै गा. वि. स.  हरू देख्न सकिन्छ । यस स्थलमा शिवरात्रीमा मेला लाग्ने गदर्छ ।

घ)   गुप्तेश्वरी गुफा :

                                                                                                                                             

कल्लेरी गा. वि. स. को वडा नं. ९ अर्न्तर्गत पर्ने  मुलाबारी गाउँको माथी नाङ्गो डाडामा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रुपमा लिन सकिन्छ । यहाबाट धादिङका विभिन्न स्थानहरुको मनोरम दृश्यहरुको अवलोकन  गर्न सकिन्छ । यस गुफाभित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने  दृश्यहरु देख्न सकिन्छ । गाई वस्तु, मानव लगायत खेतबारीको  स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मुर्र्ति आकारको  साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।

ङ)   गंगा जमुना:

फूलखर्क गाउँ विकास समितिको वडा नं. ४ मा पर्ने  ढाँर्डखर्क सिरानमा अवस्थित गंगा जमुना एक ऐतिहासिक  स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा  र्ड्ढर्केको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मी.  को हाराहारीमा पर्ने गंगा र जमुना नाम रहेको ठाउँमा  सप्तरंगी इन्द्रेणीको एक अति आकर्ष दृश्य देख्न सकिन्छ ।  यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला  आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । त्यही पहाडमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मुर्ति देख्न सकिन्छ । सोली घोप्टे पहाडको आकृतिले झनै आकर्षण  थपेको छ । गंगा जमुनाकै साथमा करिब २०० मी. पर  परिश्चम पट्टी रहेको कुकुर धाराको आफ्नै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत  मुक्ति पाइन्छ भन्ने किंवदन्ती रहेको छ ।

च) त्रिपुरासुन्दरी मन्दिर:



सल्यानकोट गा. वि. स. वडा नं. ५ मा रहेको यो मन्दिर  एक धार्मिक एवं ऐतिहासिक स्थल हो । प्राकृतिक रुपले उच्च  स्थानमा रहेको हुनाले यहाँबाट अनेकन मनोरम दृश्यहरु देख्न  सकिन्छ । यहाँबाट दक्षिण पट्टि रहेको नागबेली आकारले बगेको आँखु नदी र समतल सुकौरा ड्ढाँटमा हरियाली दृश्यहरु  देखिन्छन् भने उत्तरतर्फ  रहेका उच्च हिम शिखरहरु र अन्य  प्राकृतिक दृश्यहरुका साथै ऐतिहासिक स्थलहरु देख्न सकिन्छ ।

छ)  खर्के डाँडा:

यो नौबिसे  गा. वि. स. वडा नं. ६ मा रहेको महत्त्वपुर्ण रमणीय पार्क हो । अन्दाजी १५० रोपनी जग्गामा उत्तर-दक्षिण  लम्बिएको आकारमा ड्ढैलिएको यो पार्क काठमाडौंबाट नजिकै  त्रिभुवन राजपथसँग जोडिएको छ । नजिकै रहेको सुगुरे  सामुदायिक वनले यसको आकर्षालाई अझै बढाएको छ ।

ज)  मलेखु मजुवा पुष्पलाल स्मृति पार्क :

गजुरी गा. वि. स. वडा नं. २ को गोल्मारानी ढाँडमा  यो पार्क रहेको छ । पृथ्वीराजमार्गको दक्षिणपट्टि करिब २००  मि. जतिको दूरीमा -मधुमति) मलेखु र त्रिशुली नदीको संगम  स्थलमा रहेको छ । वनबुट्टाहरु रहेको यस स्थलले २०० रोपनी  जति क्षेत्रफल ओगटेको छ ।

झ)  मण्डली माई :

ढोला गाविस वडा नं. २ मा अवस्थित मण्डली माईको  मन्दिर एक चर्चित धार्मिक स्थल हो । यहाँ हरेक मंगलबार  बाख्राको पाठी बली चर्ढाई पूजा-आजा गर्न भक्तजनहरुको  घुइचो लाग्ने गर्दछ । सालको वनको बीचमा रहेको यो  मन्दिरमा महिलाहरु जान नहुने धार्मिक विश्वास रहेको छ ।

यस लगायत धादिङ जिल्लामा खड्का देवी मन्दिर मैदी,  तातोपानी मूल झार्लाङ, भैरवी मन्दिर सुनौलाबजार जस्ता  प्रशस्तै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । स्रोत : जिविस धादिङ
    

Saturday, June 23, 2012

फेसबुक ......Why use Facebook ?

फेसबुक, सवैको प्रिय सामाजिक संजाल, विश्वभरका आमनागरिकहरुमा विचार भावना आदान प्रदान गर्ने, व्यक्तिगत तथा सामाजिक घटना/समचार र्सार्वजनिक गर्ने, विछोड भएका,टाढा रहेका, सर्म्पर्क विहिन भएका आफन्त, साथीभाइहरुलाई भेटघाटको अवसर जुराइदिने  एउटा उपयुक्त माध्यम, यसको लोकप्रियता यसरी  बढ्दै गईरहेको छ कि यसका सदस्यहरु/प्रयोगकर्ताहरु चाडै नै १ Billion पुग्दैछन् । अचेल फेसबुक नयाँ पुस्ताको अनिवार्य आबश्यकत बनिसकेको छ  । सन् २००४ मा अमेरिकाको हावर्ड विश्वविद्यालयका कम्प्युटर  विज्ञानका विद्यार्थी Mark Zuckerberg ले आफ्ना साथीहरुको सहयोगमा आफसी भावना साट्ने माध्यमको रुपमा  फेसबुक प्रयोगमा ल्याएका थिए ।विश्वका २१३ वटै देशका बासिन्दाहरुले फेसबुक चलाउदछन् । http://www.socialbakers.com का अनुसार यो साता सम्ममा नेपालमा  फेसबुक प्रयोगकर्ताको संख्या १४५८७८० पुगेको छ  । फेसबुक प्रयोगकर्ताको संख्याको आधारमा  यो साता नेपाल ६८  औं स्थानमा रहेको छ ।
  • फेसबुक Free छ  र यो Comminication को लागि उत्तम माध्यम हो ।
  • विश्वका धेरै मानिसहरु फेसबुक चलाउदछन् र फेसबुद्धारा संसारको कुनै पनि ठाँउबाट जोसुकैसँग  जोडिन सकिन्छ ।
  • फेसबुकको माध्यमबाट आफ्ना  भावना र विचार, दैनिक जीवनमा भईरहेका कुराहरु Share गर्न सकिन्छ, Feedback  प्राप्त गर्न सकिन्छ । विचार भावना आदान प्रदान गर्ने फेसवुक एक उत्तम माध्यम हो ।
  • फेसबुकमा राम्रो Privacy Setting    पनि रहेको छ जसलाई हामी आफ्नो इच्छ अनुसार Custamize गर्न सक्दछौं ।
  • Facebook Fan Page, Group, Event  आदिको दिन प्रतिदिन लोकप्रियता बढ्दै गईरहेको छ । प्रबर्दनात्मक   कार्यको लागि Facebook Fan Page, Group, Event  बनाउन सकिन्छ ।
  • धेरैजसो Celebrity तथा Organization हरु आफ्ना प्रशंसकहरुलाई पछिल्लो सूचना प्रवाह गर्न फेसबुकको प्रयोग गर्दछन् । फेसबुकको माध्यमबाट Celebrity सँग निकट रहन सकिन्छ ।
  • पुराना साथीहरु भेट्ने फेसबुक उत्तम विकल्प हो । एक अर्काबाट टाढा रहेका, सर्म्पर्कमा नरहेका  साथीहरुसंग फेसबुकमार्फत  खोजी  पुनः जोडिन सकिन्छ ।
  • फेसबुकमा आफ्ना नजिकका साथीहरुको छुट्टै Group बनाउन सकिन्छ । 

फेसबुकमा यो साता नेपाल 

User age distribution on Facebook in Nepal




Male/Female User Ratio on Facebook in Nepal


Monday, June 11, 2012

चोरकै ठूलो स्वर


















जेठ २४ गते चितवनको नारायणगढ स्थीत लक्ष्मीनारायण वस्त्रालयमा राजश्व अनुसन्धान कार्यालयका कर्मचारीहरुले छापा मार्दा अप्रिय घटना घट्न गयो । व्यवसायीहरुले राजस्वका कर्मचारीहरु माथि आक्रमण गरी नियन्त्रणमा लिई जवरजस्ती सिलछाप खोल्न बाध्य पारे । घटनाले हिसांत्मक रुप लियो । सरक्षाकर्मी माथि ढुगांमुढा भयो । नारायणगढ बजार तनावग्रस्त भयो । कर्मचारीहरु चढी आएका बा.१.झ. ९१३५ नम्बरको गाडीका साथै प्रहरी विट जलाईयो । प्रहरीहरु स्थीतिलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रु ग्यास प्रहार गर्नुका साथै हवाईफायर गर्न समेत बाध्य भए ।

              व्यवसायीहरुले आरोप लगाएका थिए,  विना जानकारी  “छापा मार्न आएको ”  र   “ घुस मागेको ” । अवैध काम भएको आशंकामा छापा मारिने भएकोले  जानकारी  गराई छापा मार्नुको कुनै अर्थ रहदैन । त्यसैले उनीहरुले लगाएको पहिलो आरोपमा कुनै तुक छैन । यदि घुस मागिएको थियो भने वैधानिक बाटो अवलम्बन गर्न सकिन्थ्यो । प्रहरी, जिल्ला प्रशासन कार्यालय, पत्रकारहरु आदि निकायहरुमा जानकारी गराउन सकिन्थ्यो ।

Saturday, June 9, 2012

केहि नेपाली सामाजिक सञ्जाल

हिजोआज नेपालमा सामाजिक सञ्जाल  फेसबुकमा रमाउनेको संख्या बढ्दो छ । गुगल प्लस मार्फत एकअर्कामा जोडिनेको संख्या पनि बढिरहेका छन् । ट्वीटरमा ट्वीटिनेहरु पनि कम छैनन् । सवै वर्ग र उमेरका मानिसहरु यस्ता सामाजिक सञ्जालहरुमा जोडिएर सुचनाहरु आदान प्रदान गरिरहेको छन् । यस्ता सञ्जालहरुको माध्यमबाट सूचना र आफ्ना विचारको आदान प्रदान, टाढा रहेका आफन्त र साथीहरुसंग भेटघाटका साथै आफ्ना व्यापार व्यवसायको प्रवर्तन गर्न पनि सकिने हुदा नेपालमा यस्ता सामाजिक सञ्जालहरुको लोकप्रियता बढिरहेको छ ।
    नेपालमा यस्ता सामाजिक सञ्जालहरुको लोकप्रियतासंगै नेपालमा पनि नेपाली सामाजिक सञ्जालहरु निमार्ण भएका छन् । मेरोपोष्ट डटकम, ठूलो डटकम, संगालो डटकम, नेपालनेपाल डटकम आदि जस्ता नेपाली साइटहरु नेपाली समाजिक सञ्जालहरु हुन् । यस्ता साइटहरुबाट ज्ञान, सूचना र मनोरञ्जन लिन, साथीसँग सुखदुःख बाँड्न, विचार र भावनाको आदान प्रदान गर्न सकिन्छ ।

 मेरोपोष्ट डटकम
यो साइटलाई निर्माताले कम्प्लिट नेपाली नेटवर्क साइट भनेका छन् । यसमा पूराना साथीलाई खोज्न र नया बनाउन सकिने सुविधा छ । यसमा पनि सबै प्रकारका कुरा सेयर गर्न सकिन्छ । आफ्नो प्रोफाइल पेजलाई आफ्नै ढंगले लेआउट गर्न सकिन्छ । च्याट रुपममा साथी बनाउन सकिन्छ । आफ्नो पोष्टलाई धेरैजनासगं जोड्न सकिन्छ । आज सम्म यस  सञ्जालमा ३१२२१ जना प्रयोगकर्ता रहेको छन् ।




नेपालनेपाल डटकम
यो साइटमा साथी बनाउने, साथीहरुसग छलफल गर्ने, ब्लग लेख्ने, च्याट गर्ने, भिडियो सेयर गर्ने, Music Upload गर्ने, आन्तरिक रुपमा एकअर्कालाई इमेल गर्ने, विजनेस डाइरेक्टरी खोज्नेलगायतका सुविधा छन् ।
 


ठूलो डटकम 
Sabaiko Technologies ले विकास गरेको यो वसाइटमा प्रयोगकर्ता वाल पोष्टिङ, ग्रुप च्याट, प्राइभेट च्याट गर्नुका साथै आफ्ना फोटो, भिडियो पोस्ट गर्न सकिन्छ । 






  


 हाम्रोबुक  डटकम
  हाम्रोबुकमा फेसबुकमा जस्तै वाल, इन्फो, इभेन्ट, सिस्कसन, म्युजिक, फोटो, भिडियोलगायत पोस्ट गर्ने सुविधा रहेकोछ ।



  संगालो डटकम
प्रिन्सटन मिडियाले विकास गरेको यो वेवसाइटमा प्रयोगकर्ताको गोपनियतालाई जोड दिएको कम्पनीको दावी छ । यसमा अकाउन्ट र वाल पोस्टिङमा फरक तरिकाले गोपनियता सेट गर्न सकिन्छ ।