मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Friday, May 25, 2012


नखोलेर लुकाई राख्यौं मेरा सामु मनका कुरा ,
सिउदो तिम्रो रंगिएछ लगाएछौ पोते चुरा ।

संझनामा तिमी भेट्छु जताततै तिम्रो  छाँया ,
छोडीगयौ बैगुनी किन लायौ झुटो माया ?
मेरो माया अटल थियौ तिम्रो  माया चल्ती रैछ ,
तिमीसंग मुटु साँट्नु आखिर ठूलो गल्ती रैछ ।

सयौं तारबीच मैले एउटा जून तिमी रोजे ,
मन बाँधेर भएपनि तिमीलाई भुल्न खोजे ।
सकिएन हृदयमा रोपी  गयौ तीखा छुरा ,
सिउदो तिम्रो  रंगिएछ लगाएछौ पोते चुरा ।

No comments:

Post a Comment