मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Wednesday, May 30, 2012


एकान्तमा टोलाई र’न्छु  तिम्रो यादमा सधैभरि ,
सक्दिन म भन्न के भो ब्यक्त गरौं कसोगरी ?

चंचल हुदै गयो मन कहाँ कहाँ उडिदियो ,
कठोर भन्थे मुटु मेरो मैनसरी पग्लिदियो ।
भित्र भित्रै जलिराछु देखिदैन हेर्दा खेरी ,
सक्दिन म भन्न के भो ब्यक्त गरौं कसोगरी

कतिन्जेल पर्खी बसौं प्रतीक्षाको दियो बाली ,
संगालेर पिरतीका फूलहरु डाली डाली ।
भोक छैन निद्रा छैन मुहार तिम्रो  नयनभरि ,
सक्दिन म भन्न के भो ब्यक्त गरौं कसोगरी

No comments:

Post a Comment