मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, September 19, 2013

"अन्तर्मनको यात्रा" पछि "पल्पसा क्याफेमा" बसेर तिमीसंगै कफि खाए पछि मेरो "सोच" बद्लियो । "उर्गेनको घोडा" चढेर "फूलको आँखा"मा "कर्नाली ब्लुज" देखे "सकस" भयो¸ "रगिस्तान डायरी" र "छापामार युवतिको डायरी" खोजेँ । "१०० दिन माओवादी कब्जा"मा पछि केहि समय "मयुर टाइम्स"मा रोपोटिङ्ग गरेँ । "खेलौना"ले मन जित्न नसके पनि "उनी" पछि "द्रौपदी"लाई भेट्ने निर्णय गरेँ ।"भूइँफूलको देश"मा  "ताप" बढे पछि  "चिना हराएको मान्छे"लाई पनि भेटेँ ।कहिले त "शून्य समय"मा हराउँछु आफै "घनचक्कर"मा फस्छु अनि सोच्छु "जीवन काँडा कि फूल" ? "युद्धका डोवहरु" अझै आलो छन् । "आधाबाटो"मा "झोला" छोडेर "राधा"लाई नभेटेको पनि होइन । "मलाया एक्सप्रेस" पछि अहिले त "लेखकी स्वास्नी"कै चर्चा छ बजार भरी ।"उलार" र "लू" को आकर्षण नघट्दै "घामकिरी" पनि चलबलाउन थालेकी छ ।

Wednesday, September 11, 2013

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले ......

कलेज जीवनका प्रारम्भिक दिनहरुमा काठमाण्डौंको वातरणमा भिज्न नसक्दा हो अन्य कारणले गर्दा म धेरै भावुक भएको थिए । एफ.एम. रेडियोहरुमा त्यो बेला गीति कथाहरु धेरै श्रोताहरुको प्रिय कार्यक्रम संगै मेरा पनि प्रिय बनेका थिए । गजलको वारेमा थाहा नभए पनि अरुको पढेको सुनेको भरमा केहि गजल त नभनौ गजल जस्तै केहि रचना लेखे¸ कविता¸ गीतहरु लेखे । त्यो बेला विमोचन मासिक पत्रिका चलेको पत्रिका थियो । विमोचनमा मेरा केहि गीत¸ कविताहरुले स्थान पनि पाए । विशेषत म गीति कथा प्रति आकर्षित हुदै गए । आफ्नो जीवनमा घटेका¸ काल्पनिक घटना¸ साथीहरुको जीवनमा घटेका घटनाहरुलाई गीति कथात्मक रुपमा प्रस्तुत गरी एफ.एम. रेडियोहरुमा पठाए र मेरा ती गीति कथाहरुले स्थान पनि पाए । मेरा गीति कथाहरु सुनेर परिचित तथा अपरिचित साथीहरुले पनि आफ्नो कथाहरुलाई लेखिदिन अनुरोध गरे । मेलै धेरै परिचित तथा अपरिचित साथीहरुको कथालाई पनि गीति कथात्मक रुपमा प्रस्तुत गरिदिए । विशेषतः स्वर्गिय फत्तेमान राजभण्डारीका "यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले¸ कसैलाई माया गर्नु एउटा भूल गरें मैले ....." ¸ "मर्न बरु गाह्रो हुन्न¸ तिम्रो माया मार्नै सकिन..."  जस्ता  गीतहरुलाई मेलै आफ्ना धेरै गीति कथाहरुमा समावेश गरेका थिए । समयले कोल्टो फेराइसंगै साहित्यक यात्रालाई थपक्क विट मारेर म आफ्नो जागिरे जीवनमा वेस्त हुदै गएँ । मेरो गीति लेखन कार्य पनि बन्द भयो । कहिले कता कहिले कता¸ भाग्यको लहरीमा लहरिदै जाँदा कहाँ कहाँ पुगें । कार्यालयको कामको शिलशिलामा उपत्यका वाहिर रहेको वेला मेरा प्रिय गायक फत्तेमान राजभण्डारीको एकाबिहानै मृत्युको खबर सुन्दा धेरै दुःख लाग्यो । गायक फत्तेमानको पार्थिव शरिर नरहे पनि उनको सुमधुर स्वर कहिल्यै मर्नेछैन। कालजयी गीतमा अझै सदियौँसम्म बाँचिरहनेछन् फत्तेमान । कति मानिस आफू सजिलै मर्छन् र अरूलाई गार्हो बनाउँछन् । फत्तेमान धेरैका मनमा जीवित रहनेछन् ।