कलेज जीवनका
प्रारम्भिक दिनहरुमा काठमाण्डौंको वातरणमा भिज्न नसक्दा हो अन्य कारणले गर्दा म
धेरै भावुक भएको थिए । एफ.एम. रेडियोहरुमा त्यो बेला गीति कथाहरु धेरै श्रोताहरुको
प्रिय कार्यक्रम संगै मेरा पनि प्रिय बनेका थिए । गजलको वारेमा थाहा नभए पनि अरुको
पढेको सुनेको भरमा केहि गजल त नभनौ गजल जस्तै केहि रचना लेखे¸ कविता¸ गीतहरु लेखे
। त्यो बेला विमोचन मासिक पत्रिका चलेको पत्रिका थियो । विमोचनमा मेरा केहि गीत¸
कविताहरुले स्थान पनि पाए । विशेषत म गीति कथा प्रति आकर्षित हुदै गए । आफ्नो
जीवनमा घटेका¸ काल्पनिक घटना¸ साथीहरुको जीवनमा घटेका घटनाहरुलाई गीति कथात्मक
रुपमा प्रस्तुत गरी एफ.एम. रेडियोहरुमा पठाए र मेरा ती गीति कथाहरुले स्थान पनि
पाए । मेरा गीति कथाहरु सुनेर परिचित तथा अपरिचित साथीहरुले पनि आफ्नो कथाहरुलाई
लेखिदिन अनुरोध गरे । मेलै धेरै परिचित तथा अपरिचित साथीहरुको कथालाई पनि गीति
कथात्मक रुपमा प्रस्तुत गरिदिए । विशेषतः स्वर्गिय फत्तेमान राजभण्डारीका "यस्तो
पनि हुँदो रैछ जिन्दगीमा कैले कैले¸ कसैलाई माया गर्नु एउटा भूल गरें मैले ....."
¸ "मर्न बरु गाह्रो हुन्न¸ तिम्रो माया मार्नै सकिन..." जस्ता गीतहरुलाई मेलै आफ्ना धेरै गीति कथाहरुमा समावेश
गरेका थिए । समयले कोल्टो फेराइसंगै साहित्यक यात्रालाई थपक्क विट मारेर म आफ्नो
जागिरे जीवनमा वेस्त हुदै गएँ । मेरो गीति लेखन कार्य पनि बन्द भयो । कहिले कता
कहिले कता¸ भाग्यको लहरीमा लहरिदै जाँदा कहाँ कहाँ पुगें । कार्यालयको कामको
शिलशिलामा उपत्यका वाहिर रहेको वेला मेरा प्रिय गायक फत्तेमान राजभण्डारीको एकाबिहानै
मृत्युको खबर सुन्दा धेरै दुःख लाग्यो । गायक फत्तेमानको पार्थिव शरिर नरहे पनि उनको
सुमधुर स्वर कहिल्यै मर्नेछैन। कालजयी गीतमा अझै सदियौँसम्म बाँचिरहनेछन् फत्तेमान
। कति मानिस आफू सजिलै मर्छन् र अरूलाई गार्हो बनाउँछन् । फत्तेमान धेरैका मनमा जीवित
रहनेछन् ।
No comments:
Post a Comment