मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Wednesday, May 30, 2012


एकान्तमा टोलाई र’न्छु  तिम्रो यादमा सधैभरि ,
सक्दिन म भन्न के भो ब्यक्त गरौं कसोगरी ?

चंचल हुदै गयो मन कहाँ कहाँ उडिदियो ,
कठोर भन्थे मुटु मेरो मैनसरी पग्लिदियो ।
भित्र भित्रै जलिराछु देखिदैन हेर्दा खेरी ,
सक्दिन म भन्न के भो ब्यक्त गरौं कसोगरी

कतिन्जेल पर्खी बसौं प्रतीक्षाको दियो बाली ,
संगालेर पिरतीका फूलहरु डाली डाली ।
भोक छैन निद्रा छैन मुहार तिम्रो  नयनभरि ,
सक्दिन म भन्न के भो ब्यक्त गरौं कसोगरी

Tuesday, May 29, 2012

मलाई मन परेका केहि पठनिय पुस्तकहरु










1 अन्तर्मनको यात्रा जगदीश घिमिरे












 2 पल्पसा क्याफे   नारायण वाग्ले














3 जीवन काँडा कि फूल   झमक घिमिरे
















4 सोच कर्ण    शाक्य













5 उर्गेनको घोडा युग पाठक













6 फूलको आँखामा आनी छोइङ डोल्मा












7 छापामार युवतीको डायरी  तारा राई












8 लू नयनराज पाण्डे
















9 रेगिस्तान डायरी देबेन्द्र भट्टराई









10 कर्नाली ब्लुज  बुद्दिसागर










 11  १००    दिन माओवादी कब्जामा नारायण सुवेदी















12 खान पुगोस् दिन पुगोस् रवीन्द्र मिश्र













13  You Can Win Shiv Khera











15  Arresting God in Kathmandu    Samrat Upadhyay

















14 The Alchemist   Paulo Coelho

















 15 मेले देखेको दरवार विवेक कुमार शाह








16   सिक्लेसको ठिटो












17   The 3 Mistakes of My Life    Chetan Bhagat    



Friday, May 25, 2012



सुख दुःख जिन्दगीका भन्छन् दुई पाटा ,
निधारको भाग्यरेखा खोजु गई म कता ?

दुःखसंगै पछि आँउछ भन्ने आशमा सुख ,
खपिरहे जिन्दगीमा कति कति दुःख ।
मेरा लागि सवै पराई रहेनन् कहीं नाता ,
निधारको भाग्यरेखा खोजु गई म कता ?

ले’राउनु पर्दोरैछ निधारैमा लेखी ,
डोकोमा नी दुध अड्छ रे भाग्य भएदेखि ,
का’छन् मेरा भाग्यदाता ए भाविनी बता ,
निधारको भाग्यरेखा खोजु गई म कता ?

नखोलेर लुकाई राख्यौं मेरा सामु मनका कुरा ,
सिउदो तिम्रो रंगिएछ लगाएछौ पोते चुरा ।

संझनामा तिमी भेट्छु जताततै तिम्रो  छाँया ,
छोडीगयौ बैगुनी किन लायौ झुटो माया ?
मेरो माया अटल थियौ तिम्रो  माया चल्ती रैछ ,
तिमीसंग मुटु साँट्नु आखिर ठूलो गल्ती रैछ ।

सयौं तारबीच मैले एउटा जून तिमी रोजे ,
मन बाँधेर भएपनि तिमीलाई भुल्न खोजे ।
सकिएन हृदयमा रोपी  गयौ तीखा छुरा ,
सिउदो तिम्रो  रंगिएछ लगाएछौ पोते चुरा ।

Saturday, May 19, 2012


विस्वासको दियो बालेर,
         कार्यमा लगनशिल भई,
                सहयोगी भावनाले अगि बढ्नू ।
                          थामेर मित्रताका हातहरु,
                                    पाएका साथ नछोड्नू ।

Friday, May 18, 2012



मेरो दिलमा बस्ने मान्छे अन्तै वसांई यो ,
एक्लो मेरो जीवन अव भुमरीमा यो
लालीगुरांस, सुनाखरी फूल्ने बनपाखा,
लेकबेशी गाउदैं हिड्थ्यौं मिठो लोकभाका,
भुलिदियो लेक उसले तराई यो
एक्लो मेरो जीवन अव भुमरीमा यो
तिमीलाई पनि लान्छु भनी लगेकोथ्यो साथमा
लगाईदेर चिनौ औंठी उसले आरुघाटमा,
सल्यान्टारमै छोडी मलाई आंखु यो,
एक्लो मेरो जीवन अव भुमरीमा यो


फलोस् फुलोस् जीवन तिम्रो सफलताले साथ देओस्,
नहोस् कहिल्यै दु कष्ट सधै खुशी खुशी मिलोस्
रमाइरहोस् दिल तिम्रो धोका मैले पाए पनि,
युगौं युग बाचे तिमी मैले मृत्यु अंगालेनि
आई तिमी एक y'Ëf फूल मेरो लासमा चढाइदिनु,
ओठभरी मुश्कान छर्दै अतित सवै भुलिदिनु
फलोस् फुलोस् जीवन तिम्रो सफलताले साथ देओस्,
नहोस् कहिल्यै दु कष्ट सधै खुशी खुशी मिलोस्

फलोस् फुलोस् जीवन तिम्रो सफलताले साथ देओस्,
नहोस् कहिल्यै दु कष्ट सधै खुशी खुशी मिलोस्
रमाइरहोस् दिल तिम्रो धोका मैले पाए पनि,
युगौं युग बाचे तिमी मैले मृत्यु अंगालेनि
आई तिमी एक y'Ëf फूल मेरो लासमा चढाइदिनु,
ओठभरी मुश्कान छर्दै अतित सवै भुलिदिनु
फलोस् फुलोस् जीवन तिम्रो सफलताले साथ देओस्,
नहोस् कहिल्यै दु कष्ट सधै खुशी खुशी मिलोस्

सकिदैन टार्न मृत्यु एक दिन त मर्नु छ ,
नातागोत धनसम्पत्ति सवै आखिर छोड्नु छ ।
सवैलाई प्यारो हुन्छ जातियता धर्म ,
सानो ठूलो एकअर्कामा भन्दै भेदभाव गर्नु किन ? 
देखाएर शक्ति आफ्नो सम्पत्ति र धन ,
फुस्रो आडम्बर हजुर ठूलो बनिदैन ।
दुई छाक खान र एकसरो लाउन ,
पुगे हुन्छ जिन्दगीमा अरु फाल्तु जोड्नु किन ?
खरानी बन्छ शरिर एकदिन आखिर जल्नु छ , 
सकिदैन टार्न मृत्यु , मृत्यु अवश्वम्भावी छ ।