एकान्तमा टोलाई र’न्छु तिम्रो यादमा सधैभरि ,
सक्दिन म भन्न के भो ब्यक्त गरौं कसोगरी ?
चंचल हुदै गयो मन कहाँ कहाँ उडिदियो ,
कठोर भन्थे मुटु मेरो मैनसरी पग्लिदियो ।
भित्र भित्रै जलिराछु देखिदैन हेर्दा खेरी ,
सक्दिन म भन्न के भो ब्यक्त गरौं कसोगरी
कतिन्जेल पर्खी बसौं प्रतीक्षाको दियो बाली ,
संगालेर पिरतीका फूलहरु डाली डाली ।
भोक छैन निद्रा छैन मुहार तिम्रो नयनभरि ,
सक्दिन म भन्न के भो ब्यक्त गरौं कसोगरी
No comments:
Post a Comment