मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
Showing posts with label विविध. Show all posts
Showing posts with label विविध. Show all posts

Sunday, February 23, 2014

मेरो विपश्यना (February 01-12) अनुभव

धेरै पहिले देखि विपश्यना ध्यान शिविरमा जाने प्रण गरेको थिए तर समय मिलिरहेको थिएन । एक चोटि अनलाइनबाट फर्म भरेर कन्फरमेसन आइसके पछि पनि सहभागि हुन असमर्थ भएको थिएँ तर यस पटक आफ्नो विदा स्वीकृत भइसके पछि मात्र अनलाइनबाट फर्म भरे । कन्फरमेसन पनि आयो ।वर्षौ पछिको रहर पुरा हुन लागेकोले मन फुरुक्क भयो । माघ १८ गते अथार्त फेब्रअरी ०१ तारिखका दिन बिहानै खाना खाएर दैनिक प्रयोगको लागि आफूलाई आवश्यक पर्ने नित्यकर्मका सामानहरु र फेर्ने लुगाहरु झोलामा राखेँ। स्लीपिङ्ग व्याग¸ तन्ना, तकियाको खोल र सानो ब्ल्याङ्केट पनि झोलामा प्याक गरेँ । बिहानको ११ नबज्दै ज्योति भवनमा रहेको नेपाल विपश्यना केन्द्रको सम्पर्क कार्यालय पुगेँ।
 कार्यालय खुलिसकेको रहेछ । अनलाइनबाट फर्म भरेकोले फेरि अर्को फर्म पनि भर्नु पर्दो रहेछ। पहिलो पटक शिविरमा सहभागि हुन गएकोले  गुरुलाई भेटे पछि मात्र रजिष्ट्रेशन प्रक्रिया पुरा भयो । करिब १ बजेतिर सबैको रजिष्ट्रेशन सकिए पछि सहभागि सवैलाई ओरेन्टेसन हलमा लगियो र त्यहाँ शिविर बस्दा पालन गर्नुपर्ने  अनुशासनबारे जानकारी दिइयो। रजिष्ट्रेशन अघि गुरु भेट्दा पनि उहाँले अनुशासनको कड़ाई बारे जानकारी दिनुभएको थियो।करिब डेढ घण्टाको ओरेन्टेसन क्लास पछि आ-आफ्नो नाम लेखिएको एउटा/एउटा कार्ड बाँडियो ।माइक्रोमा चढ्नेको भिड थियो त्यसैले हतार गरिन र भिड कम भए पछि मात्र माइक्रो चढेँ ।
शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार छेऊमा रहेको नेपाल विपश्यना केन्द्र ( धर्मश्रृङ्ग) पुग्दा अपराह्नको ५ बजिसकेको थियो ।केहिबेर लाइनमा बसी काउन्टरमा गई पर्स शिविर प्रारम्भ भएको १० औं र मोबाईल ११ औँ दिनमा फिर्ता लिने गरी बुझाएँ ।त्यहाँबाट महिला र पुरुषका लागि अलग अलग बाटो र स्वयंसेवकको व्यवस्था थियो ।ज्योति भवनमा बाँढिएको कार्डमा आवासको व्यवस्था गरिएको घर संकेत र बेड नम्बर रहेछ त्यो हेरी स्वयंसेवकले कार्ड अनुसारको कोठाको बेडमा पुर्याई दिनु भयो । म वाहेक त्यो कोठामा  अन्य पाँच जना साथिहरु रहेछन् । ऊनीहरु म भन्दा पहिलै त्यहा पुगि सकेका रहेछन् ।आफ्नो बेडमा तन्ना ओछ्याएँ र सिरानीमा खोल हाली ओछ्यान ठिक्क पारेर झोला थन्क्याए । ठिक पाँच बजेको घन्टि पछि भोजन कक्षमा हामीलाई गहुँको चोकरको खिर खान दिइयो । साँझ छ बजे ओरेन्टेसन हलमा लगियो र त्यहाँ हामीले पालन गर्नु पर्ने पच्चशील र आर्य मौनको बारेमा सूचना दिइयो र सामुहिक साधना (धम्म हल) को चकटीको लागि एउटा/एउटा कार्ड दिदैं शिविर अवधिभर आफ्नै चकटीमा बस्नुपर्ने, सकेसम्म अरुलाई छुन नहुने र चकटीहरु कुल्चन या नाघ्न पनि नपाइने कुरा बताइयो । आठ बजेबाट (त्यो दिनलाई शून्य दिन भनिदोँ रहेछ) आर्य मौन प्रारम्भ हुने र १० औं दिनमात्र खुल्ने जानकारी सहित डिभीडीबाट श्री सत्यनारायणजी गोयन्काको रेकर्डेड आवाजमा आनापानाको निर्देशन सुनाए पछि करिब सवा नौ बजेतिर विश्रामको संकेत दिइयो ।आर्य मौन सुरु भईसकेकोले बोल्न पाईन्न थियो यसर्थ चुपचाप गएर ओछ्यानमा पल्टेँ र छिट्टै निदाएँ ।
 बिहान ४ नबज्दै उठेँ र नित्यकर्म गरेँ। ४ बजेको घन्टि संगै अरु साथिहरु पनि उठे । ४:२० मा घन्टि लागे पछि सामूहिक साधनाको लागि धम्म हलमा गएँ ।साढे ४ बजेबाट ध्यान सुरु भयो ।पहिलो दिन बिहानै देखि पन्थ मारेर बस्नु पर्ने तर कहाँ सक्नु ? घरि खुट्टा यता चलायो घरि उता । अरु कसरी बसेका छन् भनेर बेलाबेला आँखा खोलेर यताउता पल्याकपुलुक पनि हेरेँ । घुँडा र कम्मरमा पिडा हुन थाल्यो।आनापाना अर्थात आउने-जाने श्वासलाई  नियाल्दै नाकमा उत्पन्न संवेदनालाई नियाल्नु पर्ने तर आँखा चिम्लिदा मनमा घरि घरि पुराना कुराहरु संझनामा आए र भविष्यका धेरै नयाँ योजनाहरु पनि बनाए।बल्ल बल्ल ६:३० मा चिया खाजाको घण्टि लाग्यो । चियासँगै चामलमा गाजर, सिमी, काउली मिसाई पकाएको खाजा र राज्माको तरकारी व्यवस्था रहेछ। खाई आफ्नो कोठामा गएर आरम गरेँ । आठ बज्न दश मिनेट बाँकि हुँदैमा घण्टी लाग्यो। आठ देखि नौ बजेको सामूहिक साधना पछि नयाँ साधक साधिकाहरुलाई   आ-आफ्नो निवासमा गएर ध्यान गर्न भनियो । एघार बजे खाना खाने घण्टि लाग्यो । लामो लाइन थियो । धेरै बेर लाइन मा बसेर खाना खाएँ । एक बजे सम्म ब्रेक भएकोले कोहि नुवाइ धुवाइमा व्यस्त भए कोही घामको पारिलो ताप्दै पल्टिए ।सबै  आ-आफ्नै सुरमा देखिन्थे ।एक बजेको घन्टिसँगै पुन: साधनाहल (धम्म हल) मा हलमा गएँ ।प्रत्येक एक घन्टामा पाँच मिनेटको ब्रेक पछि  बेलुका पाँच बजे एक घन्टा ब्रेक भयो र भोजन कक्षमा गएँ ।त्यहाँ नयाँ साधकहरुलाई केरा, स्याउ¸ भुजिया र चियाको व्यवस्था थियो भने पुराना साधकहरुको लागि कागती-पानी।बेलुकी ६ बजे देखि ७ बजे सम्म धम्म हलमा सामूहिक ध्यान पछि प्रवचन सुरु भयो ।प्रवचनको लागि नेपाली, नेवारी, जापनिज, चाईनिज, रसियन, जर्मन र अंग्रेजी भाषाका साधक साधिकाहरुलाई छुट्टछुट्टै हलको ब्यवस्था गरिएको रहेछ।अन्य भाषाका साधक साधिकाहरु सम्बन्धित हलमा गए पछि श्रीसत्यनारायण गोयन्काजीको प्रवचन डिभिडिबाट देखाईयो । करिव साँढे एक घन्टाको प्रवचन  पछि केहिबेरको ध्यानसंगै भोलि पल्टको लागि निर्देशन दिदै बिश्राम गर्ने सुचना दिईयो ।बाहिर आएर घडि हेरेँ ९ बजेर ३० मिनेट गएको रहेछ।

आते-जाते सांस का¸ रहे निरंतर ध्यान ।
मन सुधरे मंगल सधे¸ होय परम कल्याण ।।

दोस्रो दिन पनि ४ बजेको घन्टी नबज्दै उठेँ र दैनिक नित्यक्रम पछि अघिल्लो दिनकै रुटिनमा साधना हलमा जाने ध्यान बस्ने, घन्टी सँगै खाजा, खाना खाने पुन: ध्यान बस्ने काम भयो।तेस्रो दिन सम्म श्वासप्रश्वास प्रकृया र नाकमा उत्पन्न संबेदना मात्र नियाल्न भनिएकोले बोर लाग्न थालिसकेको थियो। आँखा पनि एकछिन चिम्ल्यो हेर्ने हतार गर्थ्यो मन त झन् कहाँ हो कहाँ दौडिरहन्थ्यौ। शिविर स्थल एकदम शान्त भएकाले त्यहाँ चरा कराएका भन्दा अरु आवाज सुनिन्थेन।चौंथो दिनलाई विपश्यना दिवस भनिने रहेछ। चौँथो दिन मध्यान्न सम्म आनापानाको अभ्यास अन्तर्गत नाकको तल्लो भाग र माथिल्लो ओठ माथिको ठाउँ (  जुँगा आउने ठाउँ ) मा मात्र ध्यान केन्द्रित गरे पछि विपश्यना ध्यान बिधी सिकाइयो । त्यो दिन देखि हलचल नगरी अधिस्ठान पाली  (जुन स्थानमा जुन मुद्रामा बसेको छ त्यही मुद्रामा बसिरहने) मा बस्नु पर्ने। तेस्रो दिन सम्म त बेलाबेलामा आसन बदल्न पाईन्थ्यो अव एक घन्टा सम्म त्यो पनि नपाईने भयो । कतिपयले बस्न नसकेर अडेस लगाउने ठाउँ खोज्न थाले। कतिले चकटी थपे त कतिले तकिया ल्याएर आसन सजिलो बनाउन थाले। घुँडा र कम्मरको पिडा त कति हो कति बढ्दै गयो। मनमा कहिले सुरका कुरा आए कहिले बेसुरका।

गंगा जमुना सरस्वती¸ शील समाधि ज्ञान ।
तीनौं का संगम हुआ¸ प्रगटे पद निर्वाण ।।

अगिल्ला दिनहरु जस्तै पाँचौ दिन पनि उहि रुटिन अनुसार उठ्ने, खाने र ध्यानसंगै बिहान, दिउसो र साँझ एक एक घन्टा गरी दिनमा तीन घन्टा हलचल नगरी 'अधिस्ठान पाली' मा बसेर  गर्नुपर्ने विपश्यना थपिएको थियो। बाफ रे अत्यासै लाग्ने। नाकवरपरबाट ध्यान तालुमा लाने र तालुबाट पुरा टाउको हुदै बिस्तारै शरीरका अंगअंगमा लैजानु पर्ने । आँखा चिम्लेर शरीरका हरेक भागलाई जति सकिन्छ स-सानो टुक्रा बनाएर हेर्दै जानुपर्ने। यसरी कल्पना गर्दा जहाँ कल्पना गर्यो त्यहाँ केही न केही संवेदना महशुस हुँदोरहेछ । कहिले कुनै अंगमा आनन्दको अनुभूति¸ कुनै अंगमा एकदम भारी अरट्ठ पर्ने तथा कुनै अंगमा दुःख पिडाको संवेदना महसुस हुँदो रहेछ। ती फरकफरक संवेदनालाई समानरुपले हेर्नु पर्ने। सुख आनन्दको संवेदना आउँदा खुसी हुने र दुःख पिडाको संवेदना आउँदा दुःखी नहुने र दुवै संवेदनामा समभाव राख्नु पर्ने।

पंचशील पालन भला¸ निरमल भली समाधि ।
प्रज्ञा तो जागी भली¸ दूर करे भव व्याधि ।।

छैटौं दिन रातभर निद्रा लागेन । मनभरि अनेक खाले कुराहरु खेलिरहे । सातौं दिन देखि  मनको  लगाम पनि आफ्नो नियन्त्रणमा आउन थाल्यो । बेलाबखतमा मन दौडिए पनि सजिलै फर्किन्थ्यो भने आँखाहरु पनि अब चिम्लिन मैं रमाउन थालेका थिए।नवौं दिनको रात मलाई अचम्म भयो।शरीर तरंगित भयो।शरीरमा उत्पन्न हरेक संबेदनाको महशुस गरेँ।पटक्कै निद्रै लागेन ।दशौँ दिनमा मैत्री ध्यान पछि आर्य मौन खुल्यो तर साधान हल (धम्म हल ) भित्र र वरिपरि आर्य मौन रहिरने जानकारी गराइयो।धम्म हल बाहिर निस्के पछि एकै पटक सबैको सम्मुख के भनेर के बोल्ने सबैजना केहिबेर अलमल्ल परिरहे ।धम्म सेवकहरुले नमस्ते-नमस्ते भने पछि सबैले सबैलाई नमस्ते-नमस्ते भन्दै आर्य मौन तोडियो ।दश दिन देखि सँगै खाने, हिँड्ने र देखिरहने तर नबोलेको मान्छेहरुसँग एक्कासी बोल्न निकै अप्ठ्यारो महशुस हुदोरहेछ ।धेरै दिन पछि बोली सुनेर होला आफ्नै बोली पनि चर्को र अरु पनि चिच्याएर बोलेझैं पनि लाग्यो।आर्य मौन सकिए पछि काउन्टरमा राखेको पर्स लिएर आफ्नो तलबको एक तिहाई रकम चन्दा दिएर  खान गएँ । भोजन कक्षमा  सबैको ध्यान खान भन्दा गफ गर्नमा नै बढि थियो। आपसमा बोल्न पाइने र ध्यान पनि बस्नु नपर्ने भएकोले १० औं  दिन घुमघाम र रमाइलोमा वित्यो।ध्यानको अनुभव साटासाट भयो ।धेरैले नेपालका नेताहरुलाई पनि शिविरमा राख्नुपर्ने कुरा गरे । धर्म सेवकसँग शिविर वरपरको एरिया घुमियो ।

धरती पर बहती रहे¸ धर्म गंग की धार ।
जन-जन का होवे भला¸ जन-जन का उपकार ।।

एघारौं दिन बिहानीको ध्यान पछि शिबिर समापन गरेर सात बजे भित्रै खाजा पनि खाइसक्नुपर्ने थियो ।सात बजे माईक्रो आईपुग्ने र आउने बितिक्कै हिंड्नुपर्ने भनिएकोले सवै हतारमा देखिन्थे।आफ्नो सामानहरु बिहान उठ्ने बित्तिकै प्याक गरी सकेको थिएँ ।विहानीको ध्यान पछि भोजन कक्षमा गई खाजा खाई निवासमा गई आफ्नो सामानहरु प्याक गरेको झोला बोकी र काउन्टरमा गई मोबाइल बुझेँ । गेटमा माइक्रो बस तयार थियो । एउटै कोठामा बस्ने हामी छ जनै पहिलो माइक्रोमा चढ्यौ । एक अर्काको मोबाइल नं. आदन प्रदान गर्यौ ।श्रवण¸ प्रभात¸ र डि.एन. सरहरु चक्रपथमा ओर्लिनु भयो भने आर्यन र हुसेन सरहरु कान्तिपथमा ओर्लिनु भयो ।म चाहिँ भृकुटी मण्डपमा ओर्लिएर अर्को माइक्रो चढि आफ्नो निवास तिर लागें ।
दश दिन बाहिरी दुनियाँबाट एक्लिएर आफ्नै शरीर भित्र आउने जाने हरेक संबेदनाको अवलोकन गर्दाको अनुभव वर्णन गर्न नसकिने अनुभव हो जुन तपाईहरु आँफैले भोग्दा मात्र थाहा पाउन सक्नु हुन्छ । मैले त विपश्यना शिबिरमा सहभागी भएर धेरै कुरा पाउनुका साथै  आफूमा रहेका कयौं अवगुणहरुलाई चिन्ने र त्यसबाट छुट्कारा पाउने उपाय पनि आँफै भित्र पत्ता लगाएँ । धेरै काम नबोलेर पनि गर्न सकिँदो रहेछ । जन्मिए देखि नै बहिर्मुखी बनेर संसार हेर्नु भयो होला तर अन्तर्मुखी बनेर आफै भित्र हेर्न¸कोहि प्रति र केहि प्रति पनि आशक्ति¸ राग र द्वेष नराख्न र जे जस्तो छ त्यसलाई त्यहि रुपमा स्वीकार्न सिक्नको लागि विपश्यना शिविरमा जादाँ हुन्छ । शिविर नि:शुल्क छ। जीवनलाई समभावले हेर्नेको लागि विपश्यना आबश्यक छ । तपाई पनि जाने कि ?

द्वेष और दुर्भाव का¸ रहे न नाम निशान ।
स्नेह और सद्भाव से¸ भर लें तन मन प्राण ।।

सवैको मंगल होस् ! भवतु सब्ब मंगलम् ! May all be Happy !



Saturday, June 23, 2012

फेसबुक ......Why use Facebook ?

फेसबुक, सवैको प्रिय सामाजिक संजाल, विश्वभरका आमनागरिकहरुमा विचार भावना आदान प्रदान गर्ने, व्यक्तिगत तथा सामाजिक घटना/समचार र्सार्वजनिक गर्ने, विछोड भएका,टाढा रहेका, सर्म्पर्क विहिन भएका आफन्त, साथीभाइहरुलाई भेटघाटको अवसर जुराइदिने  एउटा उपयुक्त माध्यम, यसको लोकप्रियता यसरी  बढ्दै गईरहेको छ कि यसका सदस्यहरु/प्रयोगकर्ताहरु चाडै नै १ Billion पुग्दैछन् । अचेल फेसबुक नयाँ पुस्ताको अनिवार्य आबश्यकत बनिसकेको छ  । सन् २००४ मा अमेरिकाको हावर्ड विश्वविद्यालयका कम्प्युटर  विज्ञानका विद्यार्थी Mark Zuckerberg ले आफ्ना साथीहरुको सहयोगमा आफसी भावना साट्ने माध्यमको रुपमा  फेसबुक प्रयोगमा ल्याएका थिए ।विश्वका २१३ वटै देशका बासिन्दाहरुले फेसबुक चलाउदछन् । http://www.socialbakers.com का अनुसार यो साता सम्ममा नेपालमा  फेसबुक प्रयोगकर्ताको संख्या १४५८७८० पुगेको छ  । फेसबुक प्रयोगकर्ताको संख्याको आधारमा  यो साता नेपाल ६८  औं स्थानमा रहेको छ ।
  • फेसबुक Free छ  र यो Comminication को लागि उत्तम माध्यम हो ।
  • विश्वका धेरै मानिसहरु फेसबुक चलाउदछन् र फेसबुद्धारा संसारको कुनै पनि ठाँउबाट जोसुकैसँग  जोडिन सकिन्छ ।
  • फेसबुकको माध्यमबाट आफ्ना  भावना र विचार, दैनिक जीवनमा भईरहेका कुराहरु Share गर्न सकिन्छ, Feedback  प्राप्त गर्न सकिन्छ । विचार भावना आदान प्रदान गर्ने फेसवुक एक उत्तम माध्यम हो ।
  • फेसबुकमा राम्रो Privacy Setting    पनि रहेको छ जसलाई हामी आफ्नो इच्छ अनुसार Custamize गर्न सक्दछौं ।
  • Facebook Fan Page, Group, Event  आदिको दिन प्रतिदिन लोकप्रियता बढ्दै गईरहेको छ । प्रबर्दनात्मक   कार्यको लागि Facebook Fan Page, Group, Event  बनाउन सकिन्छ ।
  • धेरैजसो Celebrity तथा Organization हरु आफ्ना प्रशंसकहरुलाई पछिल्लो सूचना प्रवाह गर्न फेसबुकको प्रयोग गर्दछन् । फेसबुकको माध्यमबाट Celebrity सँग निकट रहन सकिन्छ ।
  • पुराना साथीहरु भेट्ने फेसबुक उत्तम विकल्प हो । एक अर्काबाट टाढा रहेका, सर्म्पर्कमा नरहेका  साथीहरुसंग फेसबुकमार्फत  खोजी  पुनः जोडिन सकिन्छ ।
  • फेसबुकमा आफ्ना नजिकका साथीहरुको छुट्टै Group बनाउन सकिन्छ । 

फेसबुकमा यो साता नेपाल 

User age distribution on Facebook in Nepal




Male/Female User Ratio on Facebook in Nepal