मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Saturday, June 30, 2012

अभावको जिन्दगी, अतिक्रमणको पिडा–सुस्ताबासीको जीवनशैली

         २०६८ सालको अत्यतिर  २ महत्वपूर्ण स्थानमा भम्रण गर्ने मौका मिल्यौ । सुस्ता–नेपालको गुमेको भूमि ( किनकी २ तिहाई भूमि अतिक्रमण भइसकेको छ ) वारेमा पहिले देखिनै सुन्दै आएता पनि आफैले प्रत्यक्षरुपमा हेर्न तथा अुनभूति गर्न पाइयो । सुस्ता पुग्दा स्वाभिमानी नेपालीको शिर निहुरिन्छ, अभावको जिन्दगी र अतिक्रमणको पिडा सुन्दा आँशु रसाउँछ । नेपाली हुन् , भारतिय ज्यादती सहनु पर्दछ, जमीन आफ्नो  हो तर खेती गर्छन् भारतीयहरु । टाउको दुख्दा खाने  सिटामोल समेत पाइदैन । उपचार र दैनिक किनमेलको लागि नजिकको भारतीय वजार जानु पर्ने बाध्यता छ । सीमा बिवाद चर्केको बेला भारतीय SSB का जवानहरु  भारतीय बजारमा प्रवेश गर्न दिदैनन् । उपचार नपाएर धेरैले अकालमा ज्यान गुमाउदै आएका छन् । नारायणीमा पुल नहुदा नदी तर्ने एक मात्र विकल्प ढुङ्गाको यात्रा, जुन एकदमै जोखिम छ । वर्षातको समयमा त ज्यानै बाजी थापेर ढुङ्गा चढ्नु पर्ने बाध्यता छ । भनेको बेलमा ढुङ्गा पनि पाइदैन । नेपालको प्रशासनिक निकाय र राज्यको बलियो उपस्थिति छैन । सरकारी कामको लागि त्रिवेणी पुग्नु पर्ने बाध्यता छ । अतिक्रमणबाट बचेका केहि जमीनमा उत्पादित उखु, गोलभेडा, काउली, बन्दा, तोरी, केरा आदि जस्ता उत्पादनले बजार पाउन सकेका छैनन् । सुस्तामा स्वास्थ्य चौकी स्थापना र नारायणी नदीमा झोलुंगे पुलको निर्माणका लागि पटक पटक आग्रह गर्दै आईरहेका छन्  सुस्ताबासीहरु । स्वास्थ्य मन्त्रीको सुस्ता भ्रमण भएको बेला स्वास्थ्य चौकी स्थापना गर्ने आश्वासन त दिएका थिए रे तर त्यो आश्वासन कहिले पुरा हुने ? सुस्ताबासीहरु गुनासो गर्छन "तपाईहरु पनि हाम्रो पीडालाई अवलोकन गर्ने मात्रै त होला नि, हामी त राष्ट्रियताको नाममा प्रदर्शनकर्ता मात्र भएका छौं ।" सुस्ताको रोदन उनीहरुले तत्कालिन राजा विरेन्द्र, ज्ञानेन्द्र देखि प्रचण्डसम्मलाई सुनाए तर आश्वासन मात्र पाए ।

No comments:

Post a Comment