मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Sunday, July 15, 2012

साउन....

आज २०६९ असारको अन्तिम दिन , भोलि साउने संक्रान्ती, साउन महिनाको पहिलो दिन । एक हप्ता पहिले देखि नै हरियो चुरा र हातभरि मेहन्दी लगाएका महिलाहरु देखिन थालेका छन् । यस पटक साउन महिनामा ५ वटा सोमवार परेका छन् । भोलि पहिलो सोमवार । सडकका चोकदेखि व्युटिपार्लरहरुमा हरियो चुरा र मेहन्दी लगाउनेहरुको भिड बढेको छ । अचेल विवाहित तथा अविवाहित सवै नारीहरुले हरियो चुरा तथा मेहन्दी लगाउने गर्दछन् । अविवाहित युवतीहरु राम्रो श्रीमान् पाँउ भनेर र विवाहितहरु आफ्नो श्रीमान् तथा परिवारका सदस्यहरुको दीर्घायू र मनोकांक्षा पुराहोस् भनी हरियो चुरा, हरियो सारी, हरियो  कुर्ता  सलवर र मेहन्दी लगाउँदछन् । साउनको प्रत्येक सोमवार ब्रत बस्ने  र चोखो खाने गर्दछन् । 
              
           प्राकृतिक, साँस्कृतिक, तथा धार्मिक हरेक दृष्टिकोणले साउन महिनाको महत्व रहेको पाइन्छ । नेपाल कृषिप्रधान देश, नेपालको धेरै स्थानमा यसै महिना धान तथा कोदो रोप्ने गरिन्छ । साउनको महिना भगवान् शिवको पनि प्रिय महिना मानिन्छ । साउन महिना बर्षाऋतुको पहिलो महिना पनि हो । नेपालको नयाँ आर्थिक वर्षपनि साउन महिनाबाटै प्रारम्भ हुन्छ ।

No comments:

Post a Comment