मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Monday, July 16, 2012

साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन

आज साउन १ गते अर्थात साउने संक्रान्ति । नेपालीहरु साउने संक्रान्तिलाई कर्कट संक्रान्तिको रुपमा पनि मनाउने गर्दछन् । आज नेपालीहरुले बेलुका घरघरमा लुतो फालेर मनाउदछन् । आजको दिन लुतो फाल्नाले   बर्षभरी  शरीरमा दाद, घाउ खटिरा र लुतो जस्ता रोगहरु नलाग्ने जनविश्वास रही आएको छ । लुतो फाल्दा साँझमा कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गरिन्छ । कुरिलो,तितेपाती कुकुर दाइनो, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि वनस्पतिहरू जलाएर, अगुल्टोलाई “लुतो लैजा” भनी घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ र नाङ्लो ठटाई शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको मूलढोका बन्द गर्ने गरिन्छ । गाँउघरमा  लुतो फाल्ने प्रचलन रही आएपनि राजधानी लगायत सहरी क्षेत्रमा यो संस्कृति विस्तारै लोप हुदै गएको छ ।

No comments:

Post a Comment