मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Sunday, September 16, 2012

बदलिएको तीज

विभिन्न क्याफे, पार्टी प्यालेस होटल आदिहरुमा दैनिक जसो  तीजे कार्यक्रमहरुमा हुने जमघटमा रातो सारीमा सजिएर जाने आउने नारीहरुले अचेल काठमाण्डौंको बातवरण रंगिनमय भएको छ । तीज आउने एक महिना देखि सहरमा दर भित्रिएको छ । पहिला पहिला जन्मघर छोडेर पराईघर पुगेका चेलीहरुको सुख–दुःख र वेदना सुन्न तीज पर्खनु पर्दथ्यो । नन्द–अमजू, देवर-देवरानी, जेठाजू-जेठानी, सासु-ससुरा र  श्रीमानबाट पाएका  बुहार्तन ,बेदना र अपमानका कथाहरु तीजका गीत मार्फत छताछुल्ल पार्थे । बह फुकाएर मन हलुका पार्थे । अचेल  तीजकै लागि भएपनि ऋण–सापटी खोजेर पनि खर्चिलो र भड्किलो  तरिकाले मनाउने क्रम बढ्दो छ । तीजको सामाजिक सद्भाव र सांस्कृतिक महत्वलाई भुलेर उत्ताउला गीत , नाचगान  खर्चिलो भोज आयोजना परम्परामा रुपान्तरित हुने क्रममा छ ।

धार्मिक महत्व

हिन्दु धर्म ग्रन्थ अनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको विवाह भगवान् विष्णुसंग गर्न खोज्दा पार्वतीले घरबाट भागी जंगलमा गई पानी समेत नखाई कठोर तपश्वा गरेपछि राजा हिमालयले भाद्र शुक्ल द्वितीयाको दिन पार्वतीको विवाह भगवान् शिवसंग गराईदिएको उल्लेख गरिएको छ । त्यसकै संझनामा सदियौ देखि तीज पर्व मनाइदै आईरहेको छ । तीजमा विवाहिता नारीहरुले आफ्नो  श्रीमानको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै वत्र बस्दछन् भने अविवाहितहरु सुयोग्य वर पाउने आशमा वत्र बस्दछन् । तीज भाद्र शुक्ल द्वितीयाको दिन  देखि पञ्चमी सम्म चार दिन मनाइन्छ । द्वितीयाको मध्यरात दर खाइन्छ । तृतीयाको दिन विवाहित तथा अविवाहित महिलाहरु पानी समेत नखाई वत्र वस्दछन् । चतुर्थीको दिन भगवान् गणेशको पूजापाठ गरिन्छ भने पञ्चमीको दिन नारीहरुले दतिउनले नुवाई सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वश्ष्ठि) को पूजा गरिन्छ ।

२०६९ सालको तीजको अवसरमा सम्पूर्ण दिदी बहिनीहरुमा  हार्दिक शुभकामना  !!!



No comments:

Post a Comment