"अन्तर्मनको
यात्रा" पछि "पल्पसा क्याफेमा" बसेर तिमीसंगै कफि खाए पछि मेरो
"सोच" बद्लियो । "उर्गेनको घोडा" चढेर "फूलको
आँखा"मा "कर्नाली ब्लुज" देखे "सकस" भयो¸
"रगिस्तान डायरी" र "छापामार युवतिको डायरी" खोजेँ ।
"१०० दिन माओवादी कब्जा"मा पछि केहि समय "मयुर टाइम्स"मा
रोपोटिङ्ग गरेँ । "खेलौना"ले मन जित्न नसके पनि "उनी" पछि "द्रौपदी"लाई
भेट्ने निर्णय गरेँ ।"भूइँफूलको देश"मा "ताप"
बढे पछि "चिना हराएको मान्छे"लाई पनि
भेटेँ ।कहिले त "शून्य समय"मा हराउँछु आफै "घनचक्कर"मा फस्छु
अनि सोच्छु "जीवन काँडा कि फूल" ? "युद्धका
डोवहरु" अझै आलो छन् । "आधाबाटो"मा "झोला"
छोडेर "राधा"लाई नभेटेको पनि होइन । "मलाया
एक्सप्रेस" पछि अहिले त "लेखकी
स्वास्नी"कै चर्चा छ बजार भरी ।"उलार" र "लू" को आकर्षण
नघट्दै "घामकिरी" पनि चलबलाउन थालेकी छ ।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutThursday, September 19, 2013
Wednesday, September 11, 2013
यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले ......
कलेज जीवनका
प्रारम्भिक दिनहरुमा काठमाण्डौंको वातरणमा भिज्न नसक्दा हो अन्य कारणले गर्दा म
धेरै भावुक भएको थिए । एफ.एम. रेडियोहरुमा त्यो बेला गीति कथाहरु धेरै श्रोताहरुको
प्रिय कार्यक्रम संगै मेरा पनि प्रिय बनेका थिए । गजलको वारेमा थाहा नभए पनि अरुको
पढेको सुनेको भरमा केहि गजल त नभनौ गजल जस्तै केहि रचना लेखे¸ कविता¸ गीतहरु लेखे
। त्यो बेला विमोचन मासिक पत्रिका चलेको पत्रिका थियो । विमोचनमा मेरा केहि गीत¸
कविताहरुले स्थान पनि पाए । विशेषत म गीति कथा प्रति आकर्षित हुदै गए । आफ्नो
जीवनमा घटेका¸ काल्पनिक घटना¸ साथीहरुको जीवनमा घटेका घटनाहरुलाई गीति कथात्मक
रुपमा प्रस्तुत गरी एफ.एम. रेडियोहरुमा पठाए र मेरा ती गीति कथाहरुले स्थान पनि
पाए । मेरा गीति कथाहरु सुनेर परिचित तथा अपरिचित साथीहरुले पनि आफ्नो कथाहरुलाई
लेखिदिन अनुरोध गरे । मेलै धेरै परिचित तथा अपरिचित साथीहरुको कथालाई पनि गीति
कथात्मक रुपमा प्रस्तुत गरिदिए । विशेषतः स्वर्गिय फत्तेमान राजभण्डारीका "यस्तो
पनि हुँदो रैछ जिन्दगीमा कैले कैले¸ कसैलाई माया गर्नु एउटा भूल गरें मैले ....."
¸ "मर्न बरु गाह्रो हुन्न¸ तिम्रो माया मार्नै सकिन..." जस्ता गीतहरुलाई मेलै आफ्ना धेरै गीति कथाहरुमा समावेश
गरेका थिए । समयले कोल्टो फेराइसंगै साहित्यक यात्रालाई थपक्क विट मारेर म आफ्नो
जागिरे जीवनमा वेस्त हुदै गएँ । मेरो गीति लेखन कार्य पनि बन्द भयो । कहिले कता
कहिले कता¸ भाग्यको लहरीमा लहरिदै जाँदा कहाँ कहाँ पुगें । कार्यालयको कामको
शिलशिलामा उपत्यका वाहिर रहेको वेला मेरा प्रिय गायक फत्तेमान राजभण्डारीको एकाबिहानै
मृत्युको खबर सुन्दा धेरै दुःख लाग्यो । गायक फत्तेमानको पार्थिव शरिर नरहे पनि उनको
सुमधुर स्वर कहिल्यै मर्नेछैन। कालजयी गीतमा अझै सदियौँसम्म बाँचिरहनेछन् फत्तेमान
। कति मानिस आफू सजिलै मर्छन् र अरूलाई गार्हो बनाउँछन् । फत्तेमान धेरैका मनमा जीवित
रहनेछन् ।
Friday, November 30, 2012
Sunday, September 16, 2012
बदलिएको तीज
विभिन्न क्याफे, पार्टी प्यालेस होटल आदिहरुमा दैनिक जसो तीजे कार्यक्रमहरुमा हुने जमघटमा रातो सारीमा सजिएर जाने आउने नारीहरुले अचेल काठमाण्डौंको बातवरण रंगिनमय भएको छ । तीज आउने एक महिना देखि सहरमा दर भित्रिएको छ । पहिला पहिला जन्मघर छोडेर पराईघर पुगेका चेलीहरुको सुख–दुःख र वेदना सुन्न तीज पर्खनु पर्दथ्यो । नन्द–अमजू, देवर-देवरानी, जेठाजू-जेठानी, सासु-ससुरा र श्रीमानबाट पाएका बुहार्तन ,बेदना र अपमानका कथाहरु तीजका गीत मार्फत छताछुल्ल पार्थे । बह फुकाएर मन हलुका पार्थे । अचेल तीजकै लागि भएपनि ऋण–सापटी खोजेर पनि खर्चिलो र भड्किलो तरिकाले मनाउने क्रम बढ्दो छ । तीजको सामाजिक सद्भाव र सांस्कृतिक महत्वलाई भुलेर उत्ताउला गीत , नाचगान खर्चिलो भोज आयोजना परम्परामा रुपान्तरित हुने क्रममा छ ।
धार्मिक महत्व
हिन्दु धर्म ग्रन्थ अनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको विवाह भगवान् विष्णुसंग गर्न खोज्दा पार्वतीले घरबाट भागी जंगलमा गई पानी समेत नखाई कठोर तपश्वा गरेपछि राजा हिमालयले भाद्र शुक्ल द्वितीयाको दिन पार्वतीको विवाह भगवान् शिवसंग गराईदिएको उल्लेख गरिएको छ । त्यसकै संझनामा सदियौ देखि तीज पर्व मनाइदै आईरहेको छ । तीजमा विवाहिता नारीहरुले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै वत्र बस्दछन् भने अविवाहितहरु सुयोग्य वर पाउने आशमा वत्र बस्दछन् । तीज भाद्र शुक्ल द्वितीयाको दिन देखि पञ्चमी सम्म चार दिन मनाइन्छ । द्वितीयाको मध्यरात दर खाइन्छ । तृतीयाको दिन विवाहित तथा अविवाहित महिलाहरु पानी समेत नखाई वत्र वस्दछन् । चतुर्थीको दिन भगवान् गणेशको पूजापाठ गरिन्छ भने पञ्चमीको दिन नारीहरुले दतिउनले नुवाई सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वश्ष्ठि) को पूजा गरिन्छ ।
२०६९ सालको तीजको अवसरमा सम्पूर्ण दिदी बहिनीहरुमा हार्दिक शुभकामना !!!
Monday, July 16, 2012
साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन
आज साउन १ गते अर्थात साउने संक्रान्ति । नेपालीहरु साउने संक्रान्तिलाई कर्कट संक्रान्तिको रुपमा पनि मनाउने गर्दछन् । आज नेपालीहरुले बेलुका घरघरमा लुतो फालेर मनाउदछन् । आजको दिन लुतो फाल्नाले बर्षभरी शरीरमा दाद, घाउ खटिरा र लुतो जस्ता रोगहरु नलाग्ने जनविश्वास रही आएको छ । लुतो फाल्दा साँझमा कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गरिन्छ । कुरिलो,तितेपाती कुकुर दाइनो, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि वनस्पतिहरू जलाएर, अगुल्टोलाई “लुतो लैजा” भनी घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ र नाङ्लो ठटाई शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको मूलढोका बन्द गर्ने गरिन्छ । गाँउघरमा लुतो फाल्ने प्रचलन रही आएपनि राजधानी लगायत सहरी क्षेत्रमा यो संस्कृति विस्तारै लोप हुदै गएको छ ।
Sunday, July 15, 2012
साउन....
आज २०६९ असारको अन्तिम दिन , भोलि साउने संक्रान्ती, साउन महिनाको पहिलो दिन । एक हप्ता पहिले देखि नै हरियो चुरा र हातभरि मेहन्दी लगाएका महिलाहरु देखिन थालेका छन् । यस पटक साउन महिनामा ५ वटा सोमवार परेका छन् । भोलि पहिलो सोमवार । सडकका चोकदेखि व्युटिपार्लरहरुमा हरियो चुरा र मेहन्दी लगाउनेहरुको भिड बढेको छ । अचेल विवाहित तथा अविवाहित सवै नारीहरुले हरियो चुरा तथा मेहन्दी लगाउने गर्दछन् । अविवाहित युवतीहरु राम्रो श्रीमान् पाँउ भनेर र विवाहितहरु आफ्नो श्रीमान् तथा परिवारका सदस्यहरुको दीर्घायू र मनोकांक्षा पुराहोस् भनी हरियो चुरा, हरियो सारी, हरियो कुर्ता सलवर र मेहन्दी लगाउँदछन् । साउनको प्रत्येक सोमवार ब्रत बस्ने र चोखो खाने गर्दछन् ।
प्राकृतिक, साँस्कृतिक, तथा धार्मिक हरेक दृष्टिकोणले साउन महिनाको महत्व रहेको पाइन्छ । नेपाल कृषिप्रधान देश, नेपालको धेरै स्थानमा यसै महिना धान तथा कोदो रोप्ने गरिन्छ । साउनको महिना भगवान् शिवको पनि प्रिय महिना मानिन्छ । साउन महिना बर्षाऋतुको पहिलो महिना पनि हो । नेपालको नयाँ आर्थिक वर्षपनि साउन महिनाबाटै प्रारम्भ हुन्छ ।
प्राकृतिक, साँस्कृतिक, तथा धार्मिक हरेक दृष्टिकोणले साउन महिनाको महत्व रहेको पाइन्छ । नेपाल कृषिप्रधान देश, नेपालको धेरै स्थानमा यसै महिना धान तथा कोदो रोप्ने गरिन्छ । साउनको महिना भगवान् शिवको पनि प्रिय महिना मानिन्छ । साउन महिना बर्षाऋतुको पहिलो महिना पनि हो । नेपालको नयाँ आर्थिक वर्षपनि साउन महिनाबाटै प्रारम्भ हुन्छ ।
Saturday, June 30, 2012
अभावको जिन्दगी, अतिक्रमणको पिडा–सुस्ताबासीको जीवनशैली
२०६८ सालको अत्यतिर २ महत्वपूर्ण स्थानमा भम्रण गर्ने मौका मिल्यौ । सुस्ता–नेपालको गुमेको भूमि ( किनकी २ तिहाई भूमि अतिक्रमण भइसकेको छ ) वारेमा पहिले देखिनै सुन्दै आएता पनि आफैले प्रत्यक्षरुपमा हेर्न तथा अुनभूति गर्न पाइयो । सुस्ता पुग्दा स्वाभिमानी नेपालीको शिर निहुरिन्छ, अभावको जिन्दगी र अतिक्रमणको पिडा सुन्दा आँशु रसाउँछ । नेपाली हुन् , भारतिय ज्यादती सहनु पर्दछ, जमीन आफ्नो हो तर खेती गर्छन् भारतीयहरु । टाउको दुख्दा खाने सिटामोल समेत पाइदैन । उपचार र दैनिक किनमेलको लागि नजिकको भारतीय वजार जानु पर्ने बाध्यता छ । सीमा बिवाद चर्केको बेला भारतीय SSB का जवानहरु भारतीय बजारमा प्रवेश गर्न दिदैनन् । उपचार नपाएर धेरैले अकालमा ज्यान गुमाउदै आएका छन् । नारायणीमा पुल नहुदा नदी तर्ने एक मात्र विकल्प ढुङ्गाको यात्रा, जुन एकदमै जोखिम छ । वर्षातको समयमा त ज्यानै बाजी थापेर ढुङ्गा चढ्नु पर्ने बाध्यता छ । भनेको बेलमा ढुङ्गा पनि पाइदैन । नेपालको प्रशासनिक निकाय र राज्यको बलियो उपस्थिति छैन । सरकारी कामको लागि त्रिवेणी पुग्नु पर्ने बाध्यता छ । अतिक्रमणबाट बचेका केहि जमीनमा उत्पादित उखु, गोलभेडा, काउली, बन्दा, तोरी, केरा आदि जस्ता उत्पादनले बजार पाउन सकेका छैनन् । सुस्तामा स्वास्थ्य चौकी स्थापना र नारायणी नदीमा झोलुंगे पुलको निर्माणका लागि पटक पटक आग्रह गर्दै आईरहेका छन् सुस्ताबासीहरु । स्वास्थ्य मन्त्रीको सुस्ता भ्रमण भएको बेला स्वास्थ्य चौकी स्थापना गर्ने आश्वासन त दिएका थिए रे तर त्यो आश्वासन कहिले पुरा हुने ? सुस्ताबासीहरु गुनासो गर्छन "तपाईहरु पनि हाम्रो पीडालाई अवलोकन गर्ने मात्रै त होला नि, हामी त राष्ट्रियताको नाममा प्रदर्शनकर्ता मात्र भएका छौं ।" सुस्ताको रोदन उनीहरुले तत्कालिन राजा विरेन्द्र, ज्ञानेन्द्र देखि प्रचण्डसम्मलाई सुनाए तर आश्वासन मात्र पाए ।
Subscribe to:
Posts (Atom)